नेपाली   |  English

च्याम्हासिंह–ताथली–नाला सडक कालोपत्रे गरेको ३ दिनमै उप्कियो, दिउँसै टिप्पर आंतक, जनप्रतिनिधि भने मौन


A A A

पासको दुरुपयोग गर्दै दिउँसै टिप्पर हुईकिदासम्म जनप्रतिनिधि मौन

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुर बनेपा खण्डको वैकल्पिक सडकका रुपमा रहेको च्याम्हासिंह–ताथली–नाला सडकमा सडक स्तरोन्नतिका क्रममा व्यापक लापरबाही भएको छ ।

सडक स्तरोन्नति अन्तरगत भईरहेको काममा कमसल समाग्री प्रयोगका कारण कालोपत्रे गरेको ३ दिनमै पिच उप्किएको हो । सडक खाल्डाखुल्डी परेर जीर्ण बनेपछि डिभिजन सडक कार्यालय भक्तपुरले हाल मर्मत कार्य गरिरहेको छ। ब्राइट तेज स्लेट जेभीले यो सडकको सुधार मर्मतको ठेक्का पाएको हो झण्डै ३ करोडको लागतमा भइरहेको सडक मर्मतमा ठेकेदार र सडक विभागबाट खटिएका इन्जीनियर कै लापरबाहीले गुणस्तरहिन काम भएको स्थानियको आरोप छ ।

स्थानियका अनुसार केही महिना अघी सडक चिसो भएका कारण काम रोकिएको थियो भने सुख्खायाम लागेपछि गर्न थालिएको काममा समेत पिच कुनै कारपेट ओछ्यार निकाले जसरी कालोपत्रे गरेको सडक उप्कने गरेको पाइएको हो ।

निर्माण कम्पनीले सडक मर्मतका क्रममा भएको कालोपत्रेसमेत डोजरले कोतरेर निकालेपछि सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुदै आएको थियो । पटक पटक स्थानियको दवाबका कारण काम सुरु भएपनि कालोपत्रे गरेको ३ दिनमै पिच उप्कीएको हो ।

'जनताको रगत पसिनाको पैसा ठेकेदार र सडक विभाग कै कमजोरीका कारण यसरी खेर गईरहेको छ' एक स्थानियले भने 'हिजो चिसोमा पिच गर्नु हुँदैन भनेर सडक विभागले भन्यो आज सुख्यायाम लाग्यो कालोपत्रे सुरु त भयो तर के कारणले यसरी पिच उप्कन्छ ? यो सरासर कमसल सामाग्री राख्ने ठेकेदार र कर्मचारीकै मिलीमतोमा यस्तो गुणस्तरहिन कार्य भएको छ । यस्ता काम गर्नेलाई कारबाही गर्नुपर्छ ।'

तर यता सडक विभागमा इन्जीनियर मेघबहादुर केसीले भने काम कमसल नभई कालोपत्रे गरेको २४ घण्टा पिच सेट हुन लाग्ने भन्दै कालोपत्रे सेट नहुँदै हेभी टिप्पर चलेका कारण पिच लच्कीएको बताउँछन् । उनले भने 'काम गुणस्तरीय हुनुपर्छ भन्नेमा हामी पनि अवेर छौ, त्यो पिचमा मापदण्ड सबै पुरा छ ,सेमिग्राउन्ड ग¥या छ ।त्यसपछि कालोपत्रेको कार्य गरेको हो । पिच सेट हुन नपाउँदै ठुला टिप्पर गुडेका कारण त्यो लच्कीएको हो ।' इन्जीनियर केसीले त्यस्तो समस्या एक/दुई ठाँउ देखिएको भन्दै त्यसलाई पुनः वेश देखीबाटै २० मिटर अघिपछि सम्म खोलेर काम गरेको बताए ।

त्यस्तै ठेकेदार तेज बहादुर लामाले भने कमजोरी र समस्या देखिएको स्विकार गरेका छन् । आफूहरु कामबाट कतै नभागेको र त्यस्तो समस्या देखिए त्यसलाई सुधार्ने बताए । ठेकेदार लामाले आफूहरुको तर्फबाट ढुङ्गा गिटी बालुवा लगायत पिचको लागी आवश्यक सामाग्री नेपाल सरकारले तोकेको मापदण्ड अनूरुप नैराखेको दावी गरे । उनले भने 'हामीले सम्पूर्ण मापदण्ड पुरा गरेरै काम गरेका छौं । प्राविधिक फाटको कुरा सडक विभागको इन्जिनियर सावलाई थाहा होला,उहाँहरुले भने तोके बमोजिमको हामीले काम गरेका छौं । कमजोरी भए सुर्धान तयार छौं ।' ठेकेदार लामाले स्थानिय जनप्रतिनिधिहरुले आफ्नो कर्तव्य पुरा नगर्दा टिप्परहरु रोक्न नसकिएको बताए । 'टिप्पर गुड्न रोक्न स्थानिय सरकारले ध्यान दिएन ।पास भन्दै भर्खैरै पिच गरेको सडकमा टिप्पर हुईकिन्छन् । पिच गरेको बस्न नपाउँदा सडक उप्कीने समस्या आएको हुनसक्छ । तर म कही भागेको छैन् काम गर्दा गल्ती भए सुर्धान तयार छु ।'

यता चाङ्गुनारायण नगरपालिका प्रमुख सोम मिश्रले अनलाइनखबर हवको यसअघिको फोन सम्पर्कमा बाटो निमार्ण कार्यले तिव्रता नपाउँदा पटक-पटक सडक विभागको डिजीसम्म कुरा पुराएपनि सुनुवाई नभएको बताएका थिए । उनले जनप्रतिनिधि नै लाचार हुनुपरेको भन्दै संचारकर्मीहरुले यो कुरा उठाईदिन समेत आग्रह गरेका थिए । 'ठेकेदारले समयमा काम सम्पन्न नगर्ने, काम कमसल गर्ने,स्थानियहरुले हामीलाई काम किन भएन भन्दै गुनासो गर्ने तर हाम्रो क्षेत्राधिकार भित्र नपर्ने काममा पटकपटक दवाव दिए काम नहुने समस्या भयो ' उनले भनेका थिए । तर स्थानिय बासिहरुले भने जनप्रतिनिधिहरुले नै चासो नदिएको बताएका छन् । स्थानियहरुले पटक–पटक मेयर मिश्र लगायतलाई सडक स्तोरोन्नतीसँगै छिटो र गुणस्तरीय गराउँन दबाद दिएपनि मेयर मिश्रले भने चासो नदिएका कारण कालोपत्रेमा समेत यस्तो समस्या आएको बताउँछन् । उहाँहरु दैनिक यहिबाटो हुइकिनु हुन्छ तर जनताको समस्या र आवाज उहाँहरुलाई सुन्ने फूर्सद छैन् । उहाँहरुको यो लाचारीपन कै कारण ठेकेदारले यस्ता हर्कत गर्दै आएका छन् ।यसबारे आज सम्पर्क गर्दा भने मेयर मिश्रको मोबाइल स्विच अफ थियो ।

टिप्पर आंतक उस्तै

खाल्डाखुल्डी,साधुरो सडकका कारण यस सडकमा दुर्घटना पनि बढ्दै गएका छन् । सडकमा प्रशासनको नियम विपरित दिनदाहाडै टिप्पर हुईकिने र सडक दुर्घटना बढ्दै गएको स्थानियको गुनासो रहेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले टिप्पर संचालनको लागी वेलुका ९ बजेदेखी बिहान ४ बजेसम्म तोकेपनि पहुँचका भरमा प्रशासन,नगरबाट पास बनाएर दिउँसै टिप्पर संचालन गरेको पाइएको छ । केही दिन अघि पासवीना कै बा ४ख ६०५३ नम्बरको टिप्परले बा ५३ प ४९४० को मोटरसाइकललाई ठक्कर दिँदा सोही सडकमा दुर्घटना भएको थियो ।

टिप्पर संचालकको दादागिरी पनि सुनीनसक्नु छ । प्रहरी प्रशासनले रोक्न खोज्दा खोज्दै समेत राजनीतिक पहुँच र बलका कारण प्रशासनलाई समेत टर्दैनन् गाडी चालक । पासविना बा ४ ख ३९८० र बा ४ ख ६०५३ नम्बरका दुई टिप्पर प्रहरीलाई छलेर भागेका थिए । प्रहरीलाई अटेर गरी हुर्इकिएको बा ४ख ६०५३ नम्बरको टिप्परले सोही सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिने र पास विनाका दुई टिप्परलाई स्थानियहरुले बेलुका ७ बजेपछि मात्र छाडेका थिए । टिप्परले यस्तो आतंक मच्चाउँदा समेत जनप्रतिनिधिहरु भने मौन रहेको भन्दै स्थानियले आक्रोश पोखेका छन् । नगरपालिकाले नै पास बनाइदिने,जिल्ला प्रशासनको नियमलाई उल्लघन गर्न उद्यत गराउने काम नगरपालिकाबाटै भएको छ ।' पास दुरुपयोग गर्दै टिप्पर दिनदाहडै हुईकिदा जनप्रतिनिधिहरु रोक्न लगाउने तीर नभई वेवास्ता गर्दै आउनुको कारण के भन्दै स्थानियले प्रश्न समेत उठाएका छन् ।

दिउँसो टिप्पर संचालनमा रोक लगाउन भन्दै स्थानियहरुले आजै जिल्ला प्रशसन कार्यालय भक्तपुरमा निवदेन दिएका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top