नेपाली   |  English

पार्टी सञ्चालनको ज्ञानका लागि वामदेवले दिए ओलीलाई जिरो र प्रचण्डलाई १० नम्बर

फाइल तस्बिर

A A A

जेलमा लामो समय बसेर एकैचोटी केन्द्रीय नेतृत्वमा पुगेका ओलीलाई पार्टी सञ्चालनको कुनै ज्ञान छैन्

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा जाने भएका छन्।

अखिल नेपाल किसान महासंघको भेलालाई शुक्रबार सम्बोधनका क्रममा गौतमले भोलि प्रधानमन्त्रीले बोलाएको पार्टीको केन्द्रीय समितिको बैठककमा आफू उपस्थित हुने भन्दै अन्य खनाल–नेपाल समूहका नेतालाई पनि सहभागी हुन आग्रह गरेका छन्।

‘भोलिको बैठकमा सबै जाऔं। म पनि जान्छु। त्यहीँ गएर ओलीविरूद्ध लडौं, पार्टीमा सबैले गुटबन्दी बन्द गरौं। नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ। त्यसकारण हामीले यसलाई जोगाउनुपर्छ’, उनले भने।

पछिल्लो समय पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली जिम्मेवार रहेको गौतमले भने। ‘पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली छन्। त्यसपछि प्रचण्ड हुन्’, उनले भने,‘अब हामी पार्टी एक पार्न अगाडि बढेर लाग्नुपर्छ।’

उनले सम्बोधनकै क्रममा केपी ओलीसँग पार्टी सञ्चालनको कुनै पनि ज्ञान नभएको जिकिर गरे।

केपी ओली जेलमा लामो समय बसेर एकैचोटी केन्द्रीय नेतृत्वमा पुगेको भन्दै उनले पार्टी सञ्चालनको कुनै ज्ञान नभएको दाबी गरे। लामो समय जेल बसेपछि एकै चोटी केन्द्रीय कमिटीमा पुग्नु भयो। त्यसैले उहाँसँग कुनै ज्ञान नै भएन’, उनले भने। कार्यकर्ता संरक्षण र प्रवर्द्धनमा कुनै ज्ञान नभएको भन्दै पार्टी नेतृत्वका लागि ओलीभन्दा बरू प्रचण्डमा केही ज्ञान भएको तर्क गरे। ओलीभन्दा प्रचण्ड पार्टी सञ्चालनका लागि केही अब्बल छन्। पार्टी सञ्चालनको ज्ञानका लागि म केपी ओलीलाई सयमा जिरो र प्रचण्डलाई १० नम्बर दिन्छु, उनले भने।

उनले २०७५ जेठ ३ गते दुई पार्टी मिलेर नेकपा बनेपछि प्रधानमन्त्री ओलीमा कम्युनिष्ट सिद्धान्त बाहिरको चरित्र देखिएको पनि आरोप लगाए।

केपी ओलीमाथि लगातार खनिएका गौतमले ओलीसँग तिगडम र जालझेलभन्दा अरू केही नभएको बताए।

उनले जालझेल तिगडम भन्दा केपी ओलीमा अरु केही नै नभएको दाबी गर्दै सरकार एक वर्ष राम्ररी चले पनि त्यसपछिको दुई वर्ष अराजकतामा बितेको बताए।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top