नेपाली   |  English

' बल्ड प्रेसर लाे ' भएका मानिसले सेवन गर्नै पर्ने खानेकुराहरू


A A A

बल्ड प्रेसर लाे भएका मानिसले सामान्यतय खानपानमा विशेष ध्यान दिनुपर्छ ।

बल्ड प्रेसर लाे भएका मानिसले सामान्यतय खानपानमा विशेष ध्यान दिनुपर्छ । अन्यथा अत्याधिक शारिरिक थकान, स्मरण तथा एकाग्र शक्तिमा ह्रास , वाकवाकी लाग्ने , शारिरिक कमजाेरी अादी जस्ताे समस्या हुने गर्छ ।

प्रेसर लाे भएकाले खानैपर्ने केही खानेकुराहरू

१. पात भएको सागसब्जी : 
पात भएको सागसब्जीमा आइरन हुन्छ । जुन मानव शरीरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।

२. डार्क चक्लेटः
डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ । साथै माहिलाहरूलाइ महिनावरीमा हुने पेट दुखीका लागि समेत राहत मिल्छ ।

३. बदामः
बदामले शरिरकाे प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

४. रसिलो पोषिलो झोल पदार्थ :  टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरिरमा उर्जा र राम्ररी रक्तसञ्चार हुन्छ । प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीको कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ । साथ साथै टुसा उम्रेकाे गेडागुडी मस्तिष्कका लागि पनि निकै उपयाेगी मानिन्छ ।

५. कालो खाद्य पदार्थः
कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।

६. अमिलो खाद्य पदार्थः
गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top