नेपाली   |  English

सेसर अवार्डको स्टेजमा अभिनेत्रीको नग्न प्रदर्शन


A A A

नग्न हुनु अघि उनले रगतले पोतिएको गधाजस्तै पहिरन लगाएर उनी स्टेजमा पुगेकी थिइन् ।

पेरिस– फ्रान्सको ‘ओस्कार’ मानिने ‘सेसर अवार्ड’मा यसपटक एउटा अनौठो घटना भएको छ । फ्रान्सेली अभिनेत्री कोरिन्ने मासिइरो सरकारसँग माग राख्दै स्टेजमै पुगेर नग्न प्रदर्शन गरेकी छन् ।

बीबीसीका अनुसार कोभिड महामारीको मारमा परेका संस्कृतिलाई सरकारी सहयोगको माग राख्दै ५७ वर्षीया अभिनेत्रीले अवार्डको स्टेजमा पुगेर नग्न प्रदर्शन गरेकी हुन् ।

नग्न हुनु अघि उनले रगतले पोतिएको गधाजस्तै पहिरन लगाएर उनी स्टेजमा पुगेकी थिइन् । उनलाई आयोजकले भौतिक दुरी कायम गरिएको अवार्डमा ‘बेष्ट कष्ट्युम’ विधाको अवार्ड दिन बोलाएका थिए ।

masiero

तर स्टेजमा पुग्नासाथ लुगा खोलेर नांगिएपछि कन्सर्ट हलमा उपस्थित दर्शक चकित परेका थिए । उनले शरीरको अग्रभागमा ‘नो कल्चर, नो फ्युचर’ लेखिएको थियो ।

फ्रान्सेली प्रधानमन्त्री जिन कास्टेक्सलाई लक्षित गर्दै उनले शरीरको पछाडितिर ‘गीभ अस ब्याक आर्ट, जिन’ भन्ने सन्देश लेखिएको थियो । अवार्डमा उपस्थित अन्य अभिनेता तथा निर्देशकले पनि कोरिन्नेको जस्तै माग राखेका थिए ।

गत डिसेम्बरमा पेरिसमा सयौं संख्यामा अभिनेता, थिएटर निर्देशक, संगीतकार, फिल्म प्राविधिक र समीक्षकलगायतले प्रदर्शन गरेका थिए ।

कोभिडका कारण फ्रान्समा तीन महिना बढी समयदेखि फिल्म हल बन्द छन्


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top