नेपाली   |  English

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त


A A A

ढुंगाना राष्ट्र बैंक व्यवस्थापन विभाग प्रमुख थिइन्।

काठमाडौं – नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र ढुंगानालाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा कार्यकारी निर्देशक मध्येबाट मन्त्रिपरिषदले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गरेको हो।

गभर्नर अधिकारीले २ पदका लागि ४ जनाको नाम सिफारिस गरेका थिए । केही दिनअघि गभर्नर अधिकारीले सिफारिस गरेको सूचीबाट अर्थमन्त्रीको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषदले नियुक्त गरेको हो ।

मिश्र राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख थिए। यस्तै हाल कार्यकारी निर्देशक रहेकी ढुंगाना राष्ट्र बैंक व्यवस्थापन विभाग प्रमुख थिइन्।

व्यवस्थापनमा विद्यावारिधी गरेकी तिम्सिना २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी हुन्। हाल उनी राष्ट्र ऋण व्यवस्थापन विभागमा छिन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top