नेपाली   |  English

कमेडी च्याम्पियन–२ मा अर्घाखाँचीका वीरेन्द्र पनि,हसाउँने खड्काका पीडा भने अनेकन


A A A

विरेन्द्र खड्काको भोटिङ कोड ०६ रहेको छ । उनको फिजिकल अडिसन भने आउँदो शुक्रवार आउदैं छ ।

काठमाडौं –कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन- २ गत शुक्रबारदेखि प्रसारण सुरु भएको छ । पहिलो सिजनबाटै चर्चामा रहेको शो नेपाली दर्शकको रोजाइमा पर्न सफल भयो । सुरुवाती चरणमा व्यवस्थापकिय कुराहरुमा केही आर्थीक संकटका समस्या समेत झेल्नु परेको शोका कार्यकारी निर्माता केकी अधिकारीले विभिन्न समयमा बताउँदै आएकी पनि छन् तर शो ले विस्तारै हाईट लिदैं फाइनलसम्म आइपुग्दा विज्ञापन राख्ने ठाउँसम्म पुगेन । विभिन्न आलोचना, सुझावलाई ग्रहण गर्दै कमेडी च्याम्पियन चर्चामा चुलिएसँगै निकै महंगो रकममा कान्तिपुर टीभीले कमेडी च्याम्पियन पाँच वर्षका लागि किन्यो ।

सिजन २ का लागी स्वदेशबाट मात्र होइन विदेशबाट समेत ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त गरेको शो ले १ सय ८० जनालाई काठमाडौं फिजिकल अडिसनका लागि बोलाएको थियो । तीमध्येबाट प्रतियोगिताका लागि २४ जना छनोट भएका छन् । अहिले फिजिकल अडिसनको प्रसारण भइरहेको छ ।

छनोट भएका २४ जना हास्यक्षेत्रमा पहिचान बनाइसकेका व्यक्तिदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसम्म छन् । विदेशी भूमिबाट सहभागी हुनेदेखि रोजगारीका लागि विदेश पुगेका नेपाली पनि यसै शोका लागि नेपाल फर्किएका पनि छन् ।

अर्घाखाँची सन्धिखर्क–९ टारी स्थायी घर भएका वीरेन्द्र खड्का रोजगारीका लागि २ वर्ष अघि दुबई पुगेका थिए । उनमा कमेडी गर्ने हुटहुटी बालापनबाटै नै थियो । चञ्चले स्वभावका वीरेन्द्रले आफ्नो कमेडी गर्ने क्षमतालाई गाउँमा चिन्न सक्ने कुरै भएन । तर कमेडी च्याम्पियन पहिलो सिजनले उनलाई त्यसतर्फ आक्रषीत ग¥यो । सिजन २ का लागी नेपाल भएका आफ्ना साथी भाईहरुसँग बारम्बार कमेडी च्याम्पियन सिजन २ को अडिसन बारे आफूलाई जानकारी गराउँन पटक–पटक आग्रह गर्थे । आफ्ना सृजना म्यासेन्जर, भाइवर कुन माध्यमबाट सहज हुन्छ त्यसबाट पठाएर प्रतिक्रियाको लागी आग्रह गर्थे । साथी भाईहरुले पनि त्यसै अनुरुप प्रतिक्रिया दिन्थे त कसैले यो हावा काम छैन् के–के पठाउँछ भन्दै वेवास्था पनि गर्थे । तर वीरेन्द्रसँगको क्षमता कमेडी च्याम्पियन टिमले पहिल्याउन सक्यो । खड्काले दुबईबाट नै डिजिटल अडिसनका लागि भिडियो पठाए । टिमले उनलाई फिजिकल अडिसनका लागि नेपाल बोलायो । वीरेन्द्रलाई पनि विदेशको रोजगारीभन्दा आफ्नो कला प्यारो लाग्यो । कमेडी च्याम्पियनकै लागि उनी नेपाल फर्किए । फिजिकल अडिसनबाट वीरेन्द्र उत्कृष्ट २४ मा परेका छन् ।

वीरेन्द्रको जीन्दगीमा यहाँसम्मको यात्रामा आइपुग्दा उनका दुःख र कष्ट पनि उत्तीकै छन् । देख्दा हसिँलो चञ्चल स्वभावका खड्कालाई जिन्दगीको पहिलो बज्रपात दुई वर्षमा लागेको थियो । २ वर्षको उमेरमा वीरेन्द्रले आफ्ना बाबु गुमाउनु प¥यो । २ वर्षको उमेरमा बाबु वितेपछि वीरेन्द्रलाई बाबुको अनुहारसम्म याद छैन् । माटोको घरको भित्तामा टासिएको एक प्रति बाबुको तस्बिर नै उनको मानसपटलमा छ । उदाउँदै गरेको सुर्यलाई कालो वादलको लप्काले छेके जस्तै वीरेन्द्रको परिवारमा त्यस्तै परिवेशले गाँज्यो । बाबुको मृत्युपछि घरमा कमाउने मान्छे कोही भएनन्,आर्थीक संकटले गाँज्दै गयो। ऋणका भारी आमा पीतकला खड्काले बोक्दै गईन । घरको आर्थीक अवस्था दयनिय बन्दै गयो । ५ छोरा–छोरी(तीन दिदि,एक बिहिनी र वीरेन्द्र) लाई आमाले जेन तेन कुटो कोदालो, घाँस दाउँरा गरेरै हुर्काइन । दिदिहरु बिहेवारी गरेर गए । छोराछोरीलाई पीतकलाले आफ्नो क्षमताले भ्याउँदासम्म शिक्षाबाट बञ्चति गराइनन् । एक जनाको कुटो कोदालोले परिवार पाल्न धौं धौं थियो । पीतकलाले वीरेन्द्रलाई पनि कक्षा ८ सम्म त पढाईन तर मुखमा लगाउने माड भन्दा पढाई ठुलो हुन सकेन् विरेन्द्रका लागी । घरमा आमा बहिनीदेखी अन्य जिम्मेवारी पनि वीरेन्द्र कै थाप्लोमा परे । आमाको मेहनत,छरछिमेकीको सहयोगमा कक्षा ८ सम्म पढे तर उनलाई परिवारको अवस्था,जिम्मेवारीले प्रदेश(दिल्ली) पु¥यायो ।

दिल्लीका कष्ट पीडा पनि उस्तै छन् । घरको अवस्था सम्झेरै अनेक दुःख कष्ट गरे । परिवारलाई वीरेन्द्रले कमाउन थालेपछि हल्का राहत त मिल्यो तर प्रदेशको दुःखमा धेरै बस्न सकेनन् । स्वदेश फर्किए । नेपाल आएपछि काठमाडौंमा रहेका गाउँका छिमेकीहरुको सम्पर्कमा आए । काठमाडौं पनि त सजिलो कहाँ थियो र काम पाउँन गाह्रो । तर सँगै परिवार पाल्ने जिम्मेवारी पनि थियो । वीरेन्द्रका छिमेकी रेमबहादुर अधिकारीको जावालखेल–रत्नपार्क रुटमा माइक्रो चल्थ्यो । अधिकारीले वीरेन्द्रलाई त्यसमै सह–चालकको भूमिकामा लगाईदिए । बिहान ५ बजेदेखी वेलुका ८ बजेसम्म रत्नपार्क–सुन्धारा,जाउँलाखेल–लगनखेल भनेरै वित्थ्यो । दिनभरको थकानले कोठामा आएपछि भुसुक्क निदाँउथे । वीरेन्द्रको एक निद्रामै बिहान हुन्थ्यो । फेरि उही कर्म लगनखेल– जाउलाखेल,रत्नपार्क–सुन्धारा । वीरेन्द्रका छिमेकी अर्थात गाडी शाहु अधिकारीले विरेन्द्रलाई ठुलै गुन पनि लगाएका छन् । आफै भाडामा बसेका अधिकारीले वीरेन्द्रलाई ओत पनि दिएका थिए । बिहान वेलुकाको खाना घरमै खुवाएर, घरमै सुताएर सँगै काममा लैजाने गर्थे । वीरेन्द्रले माइक्रो बसको सहचालक भएर झण्डै ६ महिना काम गरे । त्यसपछि बुटवल गएर व्यापार गर्ने सोच बनाए । केही समय जुत्ता (बाटोमा राख्ने) बेच्ने काम गरे । त्यसबाट पनि भएन । फेरि ७ समुन्द्रपार खाडी मै पसिना बगाउने निधो गरे । काठमाडौं आए । भिषा लगाए। दुबई उडे । काम थियो अफिस वोए । चीया पकाउने देखी कम्पनीका फाइल मिलाउनेसम्म । यसक्रममा विरेन्द्रले विदेशमा बसेर शाहुका गाडी पनि चम्काउने(धुने) काम गरे । समयक्रमसँगै आज आफ्नो प्रतिभा कै कारण उनी शाहुको गाडी चम्काउँन छाडेर कमेडी मार्फत आफ्नो भविष्य चम्काउने बाटोमा नेपाल आएका छन् ।

वीरेन्द्रलाई एउटा कुराले अहिले पनि पिरोल्छ । कमेडी च्याम्पियनमा छनोट भैयो । भोली भोटिङ सिस्टम होला । आफ्नो र आफ्नो परिवारको हैसियत त भोटिङको लागी पैसा छैन् । पैसा नभएकै कारण बाहिरिनु परे,आफ्नो प्रतिभा मर्ने त होइन भन्ने चिन्ता पनि छ तर उनलाई विश्वास पनि जनता र दर्शकहरुमा छ । देशभरबाट उनको लागी भोट गरेर कमेडी च्याम्पियनको उपाधी दिलाउने हात जनताहरु मै छ । भन्छन्– कमेडी च्याम्पियनको आफ्नै फर्म्याट छ । त्यो फर्म्याट हामी सबैले पालन गर्नै पर्छ । जजहरुले पनि फर्म्याटमा जे छ त्यही गर्नुपर्छ। उहाँहरुलाई पनि फरक अधिकार त हुँदैन । उहाँहरुले पनि सबैभन्दा वेष्टलाई अगाडी बढाउने हो । कमेडी च्याम्पियन टिमको उदेश्य पनि लुकेका प्रतिभा उजागर गर्ने,कमेडी च्याम्पियनलाई देशका कुनाकुना पु¥याउने नै हो । यस्तो प्यालट फर्म दिइएको छ । यही हो हाम्रा लागी भाग्य को कुरा ।ठाउँ थियो र त म विदेशबाट यहाँसम्म आए । आफ्नो प्रतिभा देखाउने क्रममा छु । मलाई विश्वास छ उपाधि चुमेरै छाड्ने हो । मैले मेरो कर्म प्रस्तुत गर्ने हो । जनता दर्शकले जज गरेर निर्णायक बनाउने हो । च्याम्पियन बनाउने काम उहाँहरु कै हातमा छ ।

विरेन्द्र खड्काको भोटिङ कोड ०६ रहेको छ । उनको फिजिकल अडिसन भने आउँदो शुक्रवार आउदैं छ । अहिले फिजिकल अडिसन चलिरहेको छ । शो भोटिङ सिस्टममा गएपछि आफूलाई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीजनको साथ सहयोग पक्कै दिनुहुनेमा उनी पूर्णरुपमा आशावादी पनि छन् ।

थ्री प्रोडक्सनको ब्यानरमा निर्मित कमेडी च्याम्पियनको कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे छन । शोमा यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज रहेका छन् ।कार्यक्रम हप्ताको दुई दिन शुत्रmबार र शनिवार कान्तिपुर टेलिभिजनबाट बेलुका ९ देखी १० बजेसम्म प्रसारण हुँदै आएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top