नेपाली   |  English

द बर्गर हाउस एण्ड क्रन्ची चिकेनको शाखा अब भक्तपुरको जगातीमा पनि,उद्घाटन पूर्वमन्त्री बस्नेतले गर्दै


A A A

विभिन्न प्रकारका बर्गरमा फोकस

काठमाडौं – द बर्गर हाउस एण्ड क्रन्ची चिकेनको शाखा अब भक्तपुरको जगातीमा पनि संचालनमा आउँने भएको छ ।

काठमाडौंमा प्रख्यात रहेको द बर्गर हाउस एण्ड क्रन्ची चिकेनले आफ्नो शाखा भक्तपुरको जगातीमा पनि विस्तार गर्न लागेको हो । व्यवसायी मनोज केसीले संचालन गर्न लागेको उक्त बर्गर हाउसको उद्घाटन पूर्वमन्त्री एव्म नेकपा ओली पक्षिय नेता महेश बस्नेतले फाल्गुण २२(भोली)गते गर्ने छन् ।

केही फरक स्वादका परिकार पस्कने उद्देश्यले बर्गर हाउसका खोल्न लागेको व्यवसायी केसीले बताए । उनले भने ‘हामी इन्डियन, चाइनिज, कन्टिनेन्टललगायत विभिन्न परिकार पस्किने छौँ ।’ नाम नै बर्गर हाउस भएकाले विभिन्न प्रकारका बर्गरमा फोकस गरिएको छ । ‘ग्राहकहरूले निकै रुचाएको परिकार बर्गर नै हो । यसबाहेक क्रन्ची फ्राइड चिकेन, म्याजिक एन्ड पास्ता, स्टिक फुड, स्यान्डविच, पिज्जा पनि हाम्रो सेवामा उपलब्ध हुने छन् ।

पर्याप्त पार्किङको व्यवस्था रहेको बर्गर हाउसमा होम डेलिभरीका साथै विभिन्न किसिमका पार्टी तथा गेट टुगेदरका लागि स्पेसको पनि व्यवस्था रहेको छ ।

व्यवसायी बसन्त लामासहितका व्यवसायीहरुद्धारा सुरुवात भएको द बर्गर हाउस एण्ड क्रन्ची चिकेन एक व्राण्ड नै बनेको छ । बर्गर हाउसको मुख्य रेष्टुरा भने शंखमूलमा रहेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top