नेपाली   |  English

साहित्य र राजनीतिमा विपिका प्रख्यात भनाइहरू


A A A

राष्ट्रियता माटो होइन,जनताको सामूहिक भावना र विचार हो ।

काठमाडौं । नेपाली राजनीति र साहित्यका बिर्सनै नसकिने एक हस्ती हुन् , विश्वेश्वर प्रसाद कोइराला (विपी) ।  उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।

नेपाली भाषा साहित्यमामा उनका नरेन्द्र दाई,तीन घुम्ती,बाबु आमा र छोरा,हिटलर र यहुदी, सुम्निमा, दोषी चस्मा जस्ता धेरै पुस्तकहरु प्रख्यात छन् । उनका केही भनाइहरू तल प्रस्तुत गरिएकाे छ :

१. राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन् ।

२. कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केहि अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो ।

३. म कुनै आर्थिक विशेषज्ञ होइन,तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विाकास विकास नै होइन । 

४. देश भन्नुहोस् वा राष्ट्र,त्यो भूगोल होइन,त्यो यथार्थमा जनता हो ।

५. साहित्य सभ्यताको प्रतिक हो ।

६. संगीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो ।

७. साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।

८. समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन

९.जीवन नै एक सुनिश्चित जोखिम हो ।

१०. तानशाही व्यवस्थालाई प्रजातान्त्रीक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो । 


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top