शान्तिबाटिकामा प्रधानमन्त्री ओलीकाे कदमविरूद्ध विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा मंगलबार राजधानीमा प्रदर्शन भएको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा मंगलबार राजधानीमा प्रदर्शन भएको छ । प्रतिनिधिसभा विघटनकाे विरूद्ध नेकपा प्रचण्ड –माधव समूह निकट विभिन्न संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
राजधानीको शान्तिबाटिकामा भएकाे प्रदर्शनमा अाेली विरूद्ध विभिन्न नारा गुञ्जिएका थिए ।
प्रदर्शनमा प्रचण्ड–नेपाल निकट आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)