शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुदैँ

हीद स्मृति गोल्डकप प्रतियोगिता फागुनको आन्तिम साताबाट हेटौंडामा सुरु हुने भएको छ ।
काठमाडाैँ । शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता फागुनको आन्तिम साताबाट हेटौंडामा सुरु हुने भएको छ । २०६२/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट चैत्र ७ गतेसम्म सञ्चालन हुने भएको छ
हेटौंडा १० स्थित वन बिज्ञान अध्ययन सस्थानको खेल मैदानमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा विभागीय टोली सहित उपत्यकाभित्रका चर्चित ६ र बाहिरका ४ क्लबको सहभागिताको अपेक्षा रहेको छ । प्रतियोगिता सञ्चालनका लागि आयोजकले ९४ लाख ४० हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरेको स्राेतले जनाएकाे छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथमले १० लाख, द्वितीयले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत ५ शीर्षकमा उत्कृष्टले नगद २५ हजार र प्रत्यक खेलमा म्यानअफ दी म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)