नेपाली   |  English

आरती वनस्पति उद्योगमा आगलागी, आगो नियन्त्रणमा लिन ८ दमकलको प्रयोग

फाइल तस्बिर

A A A

क्षतिको विवरण आउन बाँकी

वीरगञ्ज – बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–९ स्थित आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेबाट लागेको आगो सोमबार बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

ज्वलनशील पदार्थ हुने उद्योगमा भएको आगलागी नियन्त्रणमा लिन ८ वटा दमकलको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका ३ वटा, हेटौंडा, जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका एक–एक गरी ८ वटा वारुणयन्त्र र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top