नेपाली   |  English

स्याङ्जाको बेलटारीमा १२५ मिटर लामो मोटरेबल पुल बन्ने


A A A

पुल निर्माण भएपछि स्याङ्जा र पाल्पा बीच सिधा सम्पर्क

स्याङ्जा – स्याङ्जाको बेलटारीमा मोटरेबल पुल बन्ने भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ को बेलटारी र पाल्पाको बगनासकाली गाउँ पालिका ६ दर्पुक जोड्ने कालीगण्डकीमाथि उक्त पुल बनाउन लागिएको हो ।

पुलको सिलन्यास कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले जानकारी दिईन ।

कालीगण्डकी नदीमाथि १२५ मिटर लामो पुल बन्ने भएको हो । यसका लागि अघिल्लो आवमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको पुल निर्माण सरोकार समितिका उपाध्यक्ष अनिस न्यौपानेले बताए।

पुल निर्माण भएपछि स्याङ्जा र पाल्पा बीच सिधा सम्पर्क हुने छ भने बुटबल, भैरहवा, लुम्बिनीको दूरी घट्ने र राष्ट्रिय गौरवका दुई सडक आयोजना कालीगण्डकी करिडोर समेत यो पुलले जोडिने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए।

पुल निर्माण गर्न यसअघिनै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै दुई दशकदेखि प्रक्रिया शुरुवात भए पनि अहिले अर्थमन्त्रालयले बजेट स्वीकृति दिएपछि सर्वेक्षण अघि बढेको हो


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top