नेपाली   |  English

हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन ४३ दिनमै सकियाे


A A A

हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ ।

काठमाडाैँ । हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ । पुस अन्तिमबाट छायांकन थालिएको  चलचित्र ४३ दिनमा सकिएकाे हाे ।

ऋषिराज आचार्यको निर्माण तथा निर्देशन रहेको यो चलचित्रमा रवीन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिषिर भण्डारी, दीपक आचार्य, सुबोध गौतम , पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारको अभिनय रहेको छ ।

मोडेल अभिषेक श्रेष्ठले हिरोका रूपमा डेब्यु गरेको ‘चुरीफुरी’को सम्पादन नवीन निरौलाले गरिरहेका छन् । यो चलचित्रमा राहुल राईको छायांकन, निर्देशक आचार्यकै लेखन रहेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top