नेपाली   |  English

नारायणहिटी अगाडि प्रतिगमनलाई जुत्ता प्रहार


A A A

फागुन १५ सम्मलाई विरोधसभा

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’ लाई जुत्ता प्रहार गरेका हुन् ।

संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । तीन चरणको विरोधसभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्ग्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ ।

संसद् पुनर्स्थापनाको मागसहित यो समूहले फागुन १५ सम्मलाई विरोधसभा घोषणा गरेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top