नेपाली   |  English

२४ घण्टामा थप १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृत्यु हुने संख्या शून्य


A A A

पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार पाँच सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९० जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार नौ सय ६६ पुगेको छ ।अहिले नेपालमा एक हजार पाँच सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ४३ जनाको आईसीयू र ११ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण दुई हजार ६१ जनाको ज्यान गएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top