नेपाली   |  English

वीरगञ्जस्तिथि नारायणी अस्पतालमा कोरोनाविरुद्धको खोप कार्य जारी


A A A

भारतले अनुदानमा पठाएको १० लाख खोप

वीरगञ्ज – भारतले अनुदानमा पठाएको १० लाख खोप अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी तथा सर–सफाइकर्मीहरुलाई कोरोना को विरुद्ध को खोप वीरगञ्जस्थिति नारायणी अस्पतालमा लगाइएको थियो। भने दोस्रो चरण अन्तर्गत सञ्चारकर्मी , सुरक्षाकर्मी साथै बैंकर्स र सरकारी कर्मचारी लगायतका व्यक्तिहरूलाई खोप लगाउने कार्य नारायणी अस्पतालमा जारी रहेको छ।

भारत सरकारले अनुदानमा पठाएको १० लाख मध्य बाट वीरगन्जस्थित नारायणी अस्पतालमा कोरोनाविरुद्ध अभियानको खोप निःशुल्क रुपमा लगाउने कार्यमा नारायणी अस्पतालका जनसम्पर्क प्रमुख अखलेश तिवारी तथा स्वास्थ्य कार्यालयबाट खटीएका सृष्टि बिष्ट, पुजा ठाकुर रहेकी थिइन् भने श्रवण कुमार यादव, नजिरा खातुन, समिधा पन्जियारले प्राबिधिक सहयोग गरेका थिए ।

वीरगञ्जस्तिथि नारायणी अस्पतालमा निशुल्क खोप लागाउनेमा नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल फोटो पत्रकार महासंघ प्रदेश नं. २ का पूर्व अध्यक्ष राम सर्राफ, सञ्चारकर्मी बिकाश चौहान, श्रीराम रायमाझी, वृजकिशोर पण्डित, बिरगंज महानगरपालिकाका अधिकृत, कर्मचारी, विद्युत कर्मचारी, सरकारी एवम बितिय संघ संस्था सुरक्षाकर्मी लगायतलाई खोप लगाइएको पर्सा स्वास्थ्य कार्यालयबाट खटिएका सहकर्मी जश्मीन दवाडी जानकारी दिए ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top