नेपाली   |  English

ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु

फाइल तस्बिर

A A A

मृत्यु हुनेमा स्कुटर चालक २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।

विराटनगर – मोरङको उर्लाबारी नगरपालिका–४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।

को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ क १० ३५ नम्बरको ट्रकले हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top