एभरटनसँग लिभरपुल २–० ले पराजित

खराब प्रदर्शन
काठमाडौं – प्रिमियर लिगको साविक विजेता लिभरपुलले यस सिजन खराब प्रदर्शन कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभरटनसँग २० ले पराजित भएको हो ।
सन् १९९९ पछि एभरटनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा जित हात पारेको हो ।
एभरटनलाई जपत दिलाउन रिचालिर्सनले तेस्रो र जिल्फी सिगुरसनले ८३औं मिनेटमा गोल गरे ।
लिभरपुलले घरेलु मैदानमा यस सिजन लगातार चार खेल हारेको छ । शीर्ष डिभिजनमा सन १९२३ पछि यो पहिलो पटक हो ।
हारपछि २५ खेलबाट ४० अंक रहेको लिभरपुल छैटौं स्थानमै यथावत छ । २४ खेलबाट लिचरपुल समान अंक जोडेको एभरटन गोल अन्तरमा पछि पर्दै सातौं स्थानमा छ ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)