नेपाली   |  English

मधेश आन्दोलनका ८ शहीदहरूको शालिक अनावरण


A A A

मधेश आन्दोलनमा सहादत प्राप्त गरेका ११० जना सहिदहरुको शालिक अट्ने गरि पार्क बनाउने

पर्सा – मधेश आन्दोलनमा सहिद भएका ८ जना शहीदहरूको शालिक अनावरण गरिएको छ ।

वीरगंजको घण्टाघर पार्कमा विघठित प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र नं १ का प्रदिप यादव साथै वीरगंज महानगरपालिकाका प्रमुख मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा शालिक अनावरण गरेका हुन ।

२०७२ सालमा भएको तेस्रो मधेस आन्दोलनका क्रममा वीरगंजमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका सहिदहरुको योगदानलाई कदर गर्दै निर्मित सहिद स्मारकको निर्माण गरिएको जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. १ बाट निर्वाचित विघटित प्रतिनिधी सभाका सदस्य प्रदीप यादवले मधेश आन्दोलनको रणभूमी रहेको वीरगंजको घण्टाघरमा नै सहिदहरुको शालिक बन्ने सपना पुरा भएको बताए । उनले सहिदहरुको शालिक अनावरण गर्न पाउँदा गौरावित्त महशुस भएको बताए ।

sahid

मधेशको अधिकार र पहिचानको लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गरेका मधेशी योद्धाहरुको योगदान सधै स्मरणीय रहने उनको भनाई थियो । सबै कुरा एकैचोटी प्राप्त नहुने बताउँदै सांसद यादवले भने भारतलाई गुलामीबाट आजाद गराउन महात्मा गान्धीले वर्षौ वर्षसम्म आन्दोलन गर्दा अंग्रेज भागेर भारत आजाद भएको थियो । मधेश आन्दोलन जारी नै छ अहिले दबाईएको मात्रै हो ।

शालिक अनावरण कार्यक्रमका प्रमुख आतिथि समेत रहेका यादवले संविधान गडबड रहेको पटक पटक हामी भन्दै आए पनि कांग्रेस र नेकपाले मधेशमा गोली चलवाई जबरजस्ती हतार हतारमा गडबड संविधान बनाएकै कारण प्रधानमन्त्री ओलीले मुलुकमा अहिले प्रतिगमन लयाएको आरोप लगाए ।


अब मुलुकमा इमरजेन्सी पनि लगाउने कुरा आईरहेको बताउँदै सांसद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि समाप्त पार्न षडयन्त्र भईरहेको समेत उल्लेख गरे । सरकारले चालेको प्रतिगमनको कदम सर्बोच्चले सच्चायो भने देशमा अशान्ति पैmलन्छ । जनताको सर्वोच्चतामा ठाडो हस्तक्षेप हुँदा सर्वोच्चले नै जनतालाई अन्याया ग¥यो भने मुलुकमा प्रतिगमनविरुद्धको लहर र आन्दोलन हुन्छ उनले भने जनता नै सरकारलाई उठाएर रोडमा फाल्ने दिन आउँदैछ ।

मधेश आन्दोलनमा सहादत प्राप्त गरेका ११० जना सहिदहरुको शालिक अट्ने गरि पार्क बनाउन वीरगंज महानगरपालिका प्रमुख सांसद यादवले आग्रह गरे ।

pradip yadhav

त्यस्तै वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सहिदहरुको ऋणको रुपमा शालिक बनाएर सानो काम मात्रै गरेको बताए । उनले वीरगंज महानगरले रेल्वेसंग खरिद गरेको साढे ३ विग्हा जग्गामा पार्किङ्गको व्यवस्था गरि ४० फूटको पत्थर राखेर सबै सहिदहरुको मूर्ति बनाउने समेत जानकारी दिए ।

समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी, करिमा बेगम, जन्नत अंसारी, भिमा यादव, सिंघासन साह कलवार, केन्द्रिय सदस्यद्वय जनार्दन यादव, शिव पटेल, महिला नेतृ मोनिका सिंह, रेखा साह, सखुवा प्रसौनी गाउँपालका अध्यक्ष प्रदिप जयसवाल, विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु, प्रदेश समिति सदस्य महाराज यादव लागयतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।

शालिक अनावरण कार्यक्रम तत्कालिन समाजवादी पार्टी, पर्साको आयोजनामा भएको कार्यक्रममा सहिद परिवारका सदस्यहरुलाई समाजबादी पार्टीद्वारा सम्मान समेत गरिएको थियो

सांसद प्रदीप यादवको संसदीय कोषको रकम र वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा ८ जना शहीदहरुको सम्झनामा सहिदहरुको शालिक निमार्ण गरिएको हो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top