नेपाली   |  English

हवाई भाडा वृद्धि


A A A

९० रुपैयाँसम्म भाडा बढाएको हो।

काठमाडौँ– हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ। संघले विभिन्न गन्तव्यका लागि न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म भाडा बढाएको हो। निगमले एक सातामै दोस्रोपटक इन्धनको मूल्य बढाएको थियो। सोहीअनुसार फ्यूल सरचार्ज वृद्धि गरिएको जनाइएको छ।

संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले बिहीबारदेखि हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने मूल्य समायोजनको निर्णय गरेकाले भाडा बढाउनुपरेको जनाएको छ । स्वचालित प्रणालीअनुसार वृद्धि गरिएको (फ्यूल चार्ज) र हवाई भाडा वृद्धिको लागि हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतिसमेत प्राप्त भएको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। संघले सबैभन्दा बढी काठमाडौं–धनगढीमा ९० रुपैयाँ र न्यूनतम सिमरामा १० रुपैयाँले वृद्धि गरेको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top