नेपाली   |  English

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड


A A A

पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ ।

पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए । उनीहरुले शिलालेख सच्चाउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आएका थिए । तोडफोड हुनुको कारण पनि यही नै रहेको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले तोडफोडबारे जानकारी आएको र अनुसन्धान भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उदघाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उदघाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top