कुन बार जन्मिएकाे मानिसकाे स्वभाव कस्ताे, थाहा पाउनुहाेस्

ज्योतिष शास्त्रले मानिको स्वभाव, भाग्य, रुची आदीलाई जन्मको समयको आधारमा हेर्ने गर्छ ।
हरेक मानसिको स्वभाव भिन्न भिन्न हुन्छ । ज्योतिष शास्त्रले मानिको स्वभाव, भाग्य, रुची आदीलाई जन्मको समयको आधारमा हेर्ने गर्छ । सोही अनुरुप जन्मबारले मानिसको स्वभाव निर्धारणमा भूमिका निभाउने मानिन्छ ।
आउनुहोस् हेरौँ , सात भिन्न भिन्न बारमा जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ।
आइतवार : यो वार जन्मिएका मानिस निकै संवेदनशील हुने भएका कारण गोप्यतामा निकै सजक हुन्छन् अर्थात् आफ्नो वा अरुको कुरा हतपत अरुलाई खुलाउँदैनन् ।आईतवार सूर्यको वार भएको कारणले राजनीति,लेखन अथवा वकालतको क्षेत्रमा लागेका हुन्छन् र चिन्तन शक्ति निकै धेरै हुन्छ ।
सोमवार : सोमवार जन्मेका व्यक्ति मृदुभाषी हुन्छन् तर पनि उनीहरु मुढी स्वभावका हुन्छन् । यो वार जन्मिएका मानिस पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्न सफल हुन्छन् । सोमवार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । सोमवार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
मंगलवार : मंगलबार मंगल ग्रहको बार भएको कारणले यस दिन जन्मने व्यक्तिहरु निकै बहादुर, स्मार्ट, एक्टिभ,सहयोगी,घमण्डी र गम्भीर हुन्छन् । मंगलवार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हासिल गर्ने गर्दछन् ।
बुधवार: बुधवार बुधग्रहको वार भएको र बुध विद्या र वुद्धिको कारक भएको कारणले यसबार जन्मिने मानिस तार्किक हुन्छन् ।यो वार जन्मिएका मानिस सफा,स्वच्छ विचारधारा, विश्वासिला र सन्तुष्ट स्वभावका हुन्छन् । बुधवार जन्मिएका मानिस नयाँ–नयाँ कुराहरु जान्न निकै उत्सुक हुन्छन् ।बुधवार जन्मिएका व्यक्ति अरुलाई धोका नदिने र आफूपनि धोका नपचाउने खालका हुन्छन् ।
बिहीवार: बिहीवार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।बिहीवार बृहस्पतीको बार भएको कारणले यो वार जन्मिएका मानिसहरु आदर्श तथा नीतिवान हुन्छन् । बिहीवार जन्मिएका मानिसहरुमा नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण न्याय,राजनीति ताथ समाजसेवामा काम गर्दछन् ।
शुक्रवार: यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन् । साथी धेरै भएपनि असल साथी कम हुने गर्दछन् ।शुक्रवार जन्मिएकाहरुको सम्पत्ती अधिक हुने गरेपनि वचत कम हुन्छ । यिनीहरु खर्चालु स्वभावका हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध धेरै जनासँग हुन्छन् ।
शनिवार: शनिवार जन्मेका व्यक्ति मेधावी, वुद्धिमानी स्वभावका हुन्छन् । शनिवार जन्मिएका मानिसहरु काममा निपूर्ण हुन्छन् । यिनीहरको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । यिनीहरु विलासी जिवन मनपराउने खालका हुन्छन् ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)