आज काठमाडौंका कुन–कुन ठाउँमा बत्ती नआउने ?

फिडर मर्मत गर्नुपर्ने भएकाले बिजुली जाने
काठमाडौं -काठमाडौंका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ। फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा बिजुली जाने भएको हो।
तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)