नेपाली   |  English

कालाे अंकुरले राख्छ टाढा यी राेगलाई, थाहापाउनुहाेस् फाइदाहरू


A A A

अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । 

काठमाडौँ । प्राय सबै फलफुल स्वास्थ्यका लागि राम्रो मानिन्छ । मौसम अनुसार फरकफरक फलफुलको सेवनले शरिर र माष्तिस्क दुवै स्वस्थ हुन्छ । यही मध्ये एउटा हो ,अंगुर । अंगुरलाई निकै गुणकारी फल मानिन्छ । कालाे र हरियाे गरी अंकुर दुइ प्रकारका हुन्छन् । गुणका अाधारमा कालाेलाइ सर्वाेत्म मानिन्छ ।

अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । 

हेर्नुहोस् कालो अंगुरले समाधान गर्ने केही राेगहरू तल दिइएकाे छ ।

१.माइग्रेन :कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

२.रक्ताल्पता : शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

३.क्यान्सर : अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

साथै अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुअहोस् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top