नेपाली   |  English

दाइजो प्रथालाई अन्त्य गर्ने अभियानमा रहेका लेखा अधिकृत रामसागरले गरे आर्दश विवाह


A A A

तराई मधेशमा रहेको दाइजो प्रथालाई न्यूनीकरण गर्नका लागि सकरात्मक एवं रचनात्मक भूमिका खेल्नु अपरिहार्य छ ।

महोत्तरी – महोत्तरीमा दाइजो प्रथा मुक्त समाजको अभियानमा लागेका लेखा अधिकृत रामसागर यादवले आदर्श विवाह गरेका छन् । भंगहा नगरपालिका वार्ड नम्बर ४ निवासी राजेन्द्र यादवको छोरा रामसागर यादवले सिरहाको मिर्चैया नगरपालिका –११ गदहवा निवासी निर्मला यादवसंग आदर्श बिवाह गरेका हुन ।

तराईमा व्यापत रहेको दाइजो प्रथालाई चुनौती दिदै पिपरा गाउँपालिका लेखा अधिकृत पदमा कार्यरत यादवले स्वघोषणा आदर्श विवाह गरेका हुन । दहेज मुक्त समाज बनाउने अभियानमा रहेका अधिकृत यादवले आफैबाट दहेज नलिई यो अभियानको सुरुवात गरेको बताए ।

तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका युवा समेतले विवाहमा दाइजो प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे युवाको दाइजो मोह र दाइजो मागले समाज अक्रान्त बनिरहेको बेला बेहुला रामसागर यादवले आदर्श विवाह गर्नाले समाजमा सकारात्मक संदेश प्रवाह हुनुका साथै दाइजो प्रथा न्यूनीकरणमा ठोस कदम अगाडी बढेको आभास आफुहरुलाई भएको स्थानीयहरुले बताएका छन् ।

तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्ने परम उद्देश्यले आफुहरुबाटै आदर्श विवाहको शुभारम्भ गरेको र यसलाई निकट भविष्यमा निरन्तरता दिलाउने समेत संकल्प लिएको अधिकृत यादवले बताए ।

उनले भने 'प्रत्येक युवाले तराई मधेशमा रहेको दाइजो प्रथालाई न्यूनीकरण गर्नका लागि सकरात्मक एवं रचनात्मक भूमिका खेल्नु अपरिहार्य छ । तपाई हाम्रै सहयोगले हाम्रो समाजमा रहेको विधमान कुरिती, कुसंस्कृती, अन्धविश्वास र असमानता बिस्तारै न्यूनीकरण भएर जाने हो । दाइजोकै कारण समाजमा घट्ने विभिन्न हिंसाका घटना अन्त्य गर्न यो अभियानमा सबैले साथ दिउ ।'


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top