नेपाली   |  English

ग्रीनलाइफ हाइड्रोको आईपिओ बाँडफाँड, तपाईको हातमा कति?


A A A

९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली

काठमाडौं – ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । शुक्रबार बिहान ९ बजे बिक्रि प्रबन्धक बिओके क्यापिटलले आफ्नै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

ग्रिनलाइफको आईपिओमा माग भन्दा ६.९८ गुणा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।

आईपिओमा कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १३ लाख १९ हजार ५९ रहेको क्यापिटलले जनाएको छ । जस अनुसार गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले समान १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै यी मध्ये २० कित्ता देखि १० हजार कित्ताको लागि आवेदन दिएकाबाट २ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबमा २ जनाले ११ कित्ता शेयर पाएका छन् भने आवेदन दिएका मध्ये ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली भएका छन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top