नेपाली   |  English

नागरिकतासहित निर्वाचन आयोग जाँदै प्रचण्ड–माधव समूह


A A A

३९५ जना आफ्नो पक्षमा रहेको दाबी

काठमाडौं– नेकपा प्रचण्ड–माधव पक्षको नेकपा नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका साथमा नेताहरु आयोग जान लागेका हुन्।

नेता लीलामणि पोखरेलका अनुसार यसका लागि १२ बजे सबै केन्द्रीय कमिटि सदस्यहरुलाई पेरिसडाँडामा जम्मँ भइसक्न सर्कुलर गरिएको छ।

’दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा जम्मा हुन भनिएको छ, एक बजे निर्वाचन आयोग पुग्ने तालिका रहेको छ,’ पोखरेलले भने। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै अनौपचारिक रुपमा अलग्गिएको प्रचण्ड माधव पक्षले नेकपामा दाबी पेश गर्दै आएको छ। तर आयोगले यसको टुंगो लगाएको छैन।

प्रचण्ड माधव पक्षले साबिकको पार्टीमा रहेका ४४१ केन्द्रीय कमिटी सदस्य मध्ये ३९५ जना आफ्नो पक्षमा रहेको दाबी पेश गरिसकेको छ। यता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले भने नेकपा नफुटेको दाबी गर्दै आएका छन्।

दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले कुनै निर्णय गरेको छैन। आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताएको छ। सरकारको दबाबमा परेर निर्वाचन आयोगले आवश्यक निर्णय गर्न नसकेको प्रचण्डनेपाल समूहले आरोप लगाउँदै आएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top