चर्चित गायिका इन्दिरा जोशी कसको प्रेममा छिन् ?प्रेमीले लगाईदिए रिङ

हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं
काठमाडौं –चर्चित गायिका इन्दिरा जोशीसँग प्रेममा रहेको बताएकी छन् । उनले सामाजिक संजाल फेसबुका स्टाटस लेख्दै प्रेममा रहेको बताएकी छन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् ।
हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’
इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् ।
उनले आफु प्रेममा रहेको बताए पनि प्रेमीको नाम र तस्विर भने खुलाएकी छैनन् । इन्दिरा उनको गायकी र वाक कलाका कारण पनि धेरैको मन मस्तिस्कमा बस्न सफल भएकी छन् ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)