नेपाली   |  English

उपत्यकावासी विद्युत कटौतीले दिक्दारीमा,आज यी क्षेत्रमा बत्ती जाने


A A A

प्राधिकरणले विभिन्न बहानामा विद्युत दैनिक जसो कुनै न कुनै ठाउँमा विद्युत कटौती गर्न थालेपछि

काठमाडौँ – काठमाडौं उपत्यकावासी विद्युत कटौतीले दिक्दारीमा पर्न थालेका छन् । प्राधिकरणले विभिन्न बहानामा विद्युत दैनिक जसो कुनै न कुनै ठाउँमा विद्युत कटौती गर्न थालेपछि उपत्याकावासी दिक्दारीमा पर्न थालेका हुन । त्यस्तै आज काठमाडौँको रानीबारी क्षेत्रमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरअन्तर्गत रानीबारी क्षेत्रमा हाइटेन्सन लाइनको मर्मतको काम गर्नुपर्ने भएकाले आज बिहान ३ घण्टाका लागि लाइन काट्न लागिएको हो । आज बिहान ७ देखि १० बजेसम्म रानीबारी क्षेत्रमा बत्ती काटिनेछ ।


निर्धारित समयभन्दा अगाडि नै काम सकिएमा त्यसअघि नै लाइन जोडिने पनि प्राधिकरणले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top