नेपाली   |  English

सधैँ थकित र अल्छी महसुस किन हुन्छ ?, यस्ता छन् कारणहरू


A A A

प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुस्......

काठमाडौँ । के तपाई बढी नै थकित र अल्छी महसुस गर्नु हुन्छ ? प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुस् यी हुन सक्छन् यसका कारणहरु

१. प्रशस्त पानी नपिउनु: अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम भएमा यसले तापाइँलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्तमात्रामा पान पिउने गर्नुस् ।

२. आइरनको कमी : रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रसस्तमात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुुस् ।

३. अनियमित ब्यायाम :  यदि तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।

४. अनावश्यक तनाव : तनाव लिनु अत्याधिक हानिकारक हुन्छ । यसले तापाइँलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top