नेपाली   |  English

महिला आयोगद्धारा भागरथी प्रकरणबारेको स्थलगत प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण


A A A

हिंसाको तारो आर्थीक अवस्था कमजोर भएका महिला परेको देखिन्छ

काठमाडौँ – राष्ट्रिय महिला आयोगले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संम्लग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय महिला आयोग सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको संयोजकत्वमा गठित अनुगमन टोलीले घटनाको स्थलगत रिपोर्टबाट बनाएको प्रतिवेदन बुझाउँदै गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष यस्तो माग राखेको हो ।

बैतडी जिल्लाको दोगडाकेदार वडा नं.३ स्थित सनातन धर्म माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत भागरथी भट्टको बलात्कार पछि हत्या भएको प्रहरीले पुष्टि गरेको छ भने घटनामा सम्लंग्न सोही विद्यालयकै १६ वर्षीया किशोर दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरिसकेको छ । भट्टले आफुले पारिवारिक प्रतिशोधमा भागरथीको हत्या गरेको स्विकार गरेका छन् । अभियुक्तले घाटी थिची हत्या गरेको वयान दिए पनि पोष्टमार्टम रिपोर्टले भने बलात्कारपछि हत्या भएको जनाएको थियो ।

आगामी दिनमा यस्ता घटना हुन नदिन र महिलाहरु सुरक्षीत वातावरणमा बाच्न पाउँने वातावरणको व्यवस्था मिलाउन गृहमन्त्री थापासँग आग्रह गरिएको सदस्य खतिवडाले जानकारी दिइन । उनले भनिन् 'महिलामाथी हुने कनै पनि हिंसाका घटनामा गृह मन्त्रालय मातहतका निकाय सर्तक हुँदै अनुसन्धानको लागी आवश्यक इक्युमेन्ट अनुसन्धान टोलीलाई उपलब्ध गराई पीडितलाई न्याय दिलाउने कार्यमा सरकार चनाखो हुनुपर्ने बतायौं',गृहमन्त्रीले महिला हिंसाका घटना कम गर्न र यस्ता आपराधिक घटनाहरुलाई घट्न नदिन गृहमन्त्रालय, प्रहरी सधैव चनाखो रहेको साथै हरेक पीडितलाई न्याय दिलाउने र पीडकलाई कानूनी दायरामा ल्याई छाड्ने प्रतिबद्धता गर्नुभयो ।'

krishna kuair0

अनुगमन टोलीको संयोजक समेत रहेकी खतिवडाले भट्ट घटनाको गम्भीर रुपमा नेपाल प्रहरीले अनुसन्धान गरेर अभियुक्त पत्ता लगाउन सफल भएको भन्दै अनुसन्धान टोलीलाई विशेष धन्यवाद व्यक्त गरिन् । महिला भएकै कारण पिडित हुनुपर्ने अवस्थाको अन्त्य गरी महिलाले समाजमा शिर ठाडो बनाएर हिड्न पाउने गरी कानुनको परिचालन गर्नुपर्नेमा खतिवडाको जोड थियो ।

उनले पछिल्लो समय समाजमा विभिन्न प्रकारका विकृति तथा विसंगतिकै कारण महिला बलात्कृत भई हत्या हुने क्रम बढ्दै गएकाले बलात्कारीलाई अझ बढी कठोर कानुनी कारवाही गर्नुपर्नेमा जोड दिईन । खतिवडाले समाजमा गरिव, पिछडिएका वर्ग, दलित तथा आर्थिक रुपमा कमजोर महिलामाथि महिला हिंसा तथा बलात्कार हुने गरेको उल्लेख गर्दै गरिव तथा पिछडिएको वर्ग भएकै कारण महिलाले ज्यान जोखिममा राख्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा सरकार दत्तचित्त भएर लाग्नु पर्ने धारणा राखिन् । 'परिवारको कमजोरी पहिल्याई महिलामाथि विभिन्न प्रकारका घटनाहरु घटाउने गरेको देखिन्छ' उनले भनिन् 'निर्मला पन्त,भागरथी भट्ट लगाएत दशैभर भएका महिलामाथी हुने हिंसा,बलात्कारका घटनाहरु घट्न नदिने तर्फ सरकार,सम्बद्ध निकाय सचेत हुनुपर्छ ।'

खतिवडाको संयोजकत्वमा गठित अनुगमन टोलीले घटना स्थलमा पुगी घटनाबारे विस्कृत जानकारी लिएको थियो । टोलिले प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सुरक्षा निकायका प्रमुख, जिल्ला सरकारी वकिल कार्यालय, जनप्रतिनिधि, शिक्षाक, विद्यार्थी, नागरिक समाज, वृद्धिजीवि, घरपरिवार, छिमेकीलगायतसँग विस्तृत जानकारी लिएको थियो । उक्त टोलीले तयार पारेको सोही प्रतिवेदन गृहमन्त्री थापालाई बुझाईएको हो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top