नेपाली   |  English

हजार करोड ऋणमा ‘बाहुबली’ का प्रभास


A A A

फिल्म ‘बाहुबली’ का अभिनेता प्रभास एक हजार करोड रुपैंयाँ ऋणमा डुबेका छन् ।

फिल्म ‘बाहुबली’ का अभिनेता प्रभास एक हजार करोड रुपैंयाँ ऋणमा डुबेका छन् । कोभिड १९ को महामारीका कारण फिल्म क्षेत्र धरासयी बनेपछि यसको असर प्रभासमा पनि देखिएको हो ।

उनको प्रोडक्सन कम्पनी यूवी क्रिएसनले बैंकमा लिएको ऋण तिर्न धौ धौ परिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो कम्पनीले दर्शकमाझ फिल्म ‘राधे श्याम’ ल्याउदैछ । फिल्ममा प्रभास र पूजा हेगडे प्रमुख भूमिकामा छन् ।कोभिडका कारण कम्पनीले ठूलो नोक्सान व्यहोरेपछि यो फिल्मको सफलताको पर्खाईमा प्रभास छन् ।

केही दिन अघिमात्र फिल्मको टिजर रिलिज भइसकेको छ । युरोपमा छायांकन गरिएको यो फिल्म जुलाई ३० मा रिलिज हुँदैछ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top