नेपाली   |  English

आरआर क्याम्पसमा ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप

फाइल फोटो

A A A

कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको छ

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति तपेन्द्र शाहीले बताए । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताए ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top