बेलायतमा कोरोना संक्रमणबाट थप २ नेपालीको मृत्यु

५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ ।
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ ।
एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोनामुक्त भएका छन् ।
संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)