नेपाली   |  English

महत्त्वपूर्ण स्थानमा धार्मिक चलचित्र प्रदर्शन गर्न मुख्यमन्त्री योगी आदित्यनाथकाे निर्देशन


A A A

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले वृन्दावनको ब्रज चौरासी कोसी परिक्रमाको बाटोमा पर्ने सात महत्त्वपूर्ण स्थानमा धार्मिक चलचित्र प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले वृन्दावनको ब्रज चौरासी कोसी परिक्रमाको बाटोमा पर्ने सात महत्त्वपूर्ण स्थानमा धार्मिक चलचित्र प्रदर्शन गर्न निर्देशन दिएका छन् । यात्रुमा पवित्र धार्मिक भावना जगाउने उद्देश्यले उनले सो निर्देशन दिएका हुन् ।

उनले तीर्थस्थलहरूलाई स्वच्छ, सुन्दर एवं आकर्षक रूपमा विकसित गर्नका लागि सबै विभागले मिलेर काम गर्नुपर्ने पनि बताए ।उनले कृष्ण थिम पार्क तीर्थ विकास परिषद्लाई दिन तथा ठूलो परिक्रमाको अवसरमा बरसानामा होलीको कार्यक्रम आयोजना गर्न निर्देशन पनि दिए ।

साथै योगीले जनपद मथुराको ४११ करोड भारु लागतका ९५ विकास परियोजनाको शिलान्यास र लोकार्पण पनि गरे ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top