नेपाली   |  English

लुम्बिनी प्रदेशले आज दाङमा स्थापना दिवस मनाउँदै


A A A

५८ जनालाई विभूषित गर्ने निर्णय

काठमाडौं – लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको मूल समारोह आज स्थायी राजधानी दाङमा आयोजना गर्दै छ ।

मूल समारोह फागुन प्रदेश राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने छ ।

कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभूषित गरिने छ । गत असोज ३ गते लुम्बिनी प्रदेश सरकारले ११ प्रकारका पदक मार्फत ५८ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक र मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको समीक्षागत पुस्तिका पनि सार्वजनिक गरिने प्रमुख सचिव भरतमणी सुवेदीले जानकारी दिए ।

गत २० असोजमा प्रदेश सभाले स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा कायम गर्ने र प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने निर्णय गरेको थियो । राप्ती गाउँपालिकास्थित प्राविधिक शिक्षालय परिसरलाई प्रशासनिक केन्द्र बनाउने र त्यहाँ रहेको प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिका३ गोबरडिहास्थित स्थित सरस्वती उच्च माविमा स्थानान्तरण गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top