नेपाली   |  English

आज तामाङ समुदायको सोनाम ल्होसार,सरकारले दियो सार्वजनिक बिदा


A A A

आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।

काठमाडौं – आज सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।

अघिल्लो वर्ष बिदा कटौती गरेको सरकारले यसपालि भने सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका लागि देशैभर बिदा दिएको छ । विभिन्न प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म सार्वजनिक बिदा दिएका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top