नेपाली   |  English

बक्सअफिसमा एकैदिन तीन ठूला स्टार भिड्दै


A A A

अभिनेता अजय देवगनको ‘मैदान’, साउथ सुपरस्टार जूनियर एनटीआर र राम चरण अभिनित फिल्म ‘आरआरआर’ एकैदिन रिलिज हुँदैछन् ।

मुम्बई – सन् २०२१ बलिउडका लागि विशेष छ, किनकी यो वर्ष मेगा बजेटका थुप्रै फिल्म प्रदर्शनको तयारीमा छन् । बलिउड अभिनेता अजय देवगनको ‘मैदान’ र साउथ सुपरस्टार जूनियर एनटीआर र राम चरण अभिनित फिल्म ‘आरआरआर’ एकैदिन रिलिज हुँदैछन् ।

यहीबीचमा यी दुई फिल्म रिलिज भएकै दिन हलिउड स्टार डेनियल क्रेगको अन्तिम जेम्स बोण्ड सिरिज फिल्म ‘नो टाइम टू डाई’ पनि रिलिज हुँदैछ । यी तिनै फिल्म दशैंको लामो बिदामा रिलिज हुन लागेका हुन् ।

बक्सअफिसमा एकैदिन तीन ठूला स्टारको फिल्म रिलिज हुने भएपछि यसको पीडा र तनाव अहिले निर्मातालाई बढी परेको छ । यसअघि अमिताभ बच्चनको फिल्म ‘तुफान’ र ‘जादुगर’ एकैदिन रिलिज हुँदा दुवै फिल्म फ्लप भएका थिए ।

डेनियलको फिल्म ‘नो टाइम टु डाई’ यसअघि नै रिलिज हुने पूर्वघोषित योजना भए पनि कोरोना भाइरसको महामारीका कारण एक वर्ष रिलिज स्थगित गर्नुपरेको थियो ।

त्यहीकारण इण्डियन डिस्ट्रिब्यूसन नेटवर्क यो फिल्मलाई सन् २०२१ को कुनै ठूलो विदामा रिलिज गर्ने सोच बनाइरहेका छन् । त्यहीकारण उनीहरु दशैंको माहौलमा फिल्म ल्याउने तयारीमा छन् ।

निर्माता बोनी कपूर र जी स्टुडियो ‘मैदान’ र ‘आरआरआर’ को हुन लागेको प्रतिष्पर्धाबाट खुशी छैनन् । त्यसमाथि ‘नो टाइम टू डाई’पनि आउने भएपछि उनी दुई गुना दुःखी बनेका छन् । यदि यी तीन फिल्म एकसाथ रिलिज हुने अवस्था बन्यो भने ‘मैदान’का निर्माता नयाँ मिति खोज्ने योजना बनाइरहेका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top