नेपाली   |  English

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नजिक


A A A

पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ४८१ जनामा संक्रमण पुष्टि

काठमाडौँ– अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६८ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८६ हजार ९२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७९ लाख ३० हजार ८१९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९५ लाख ८४ हजार ४९९ जनामध्ये २० हजार ४०७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top