तेलको मूल्यवृद्धि फिर्ता नलिए कठोर निर्णय गर्ने यातायात व्यवसायीको चेतावनी

सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने
काठमाडौं – यातायात व्यवसायीहरुले पटक–पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको छन् । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न माग गरेका छन् ।
सरकारले त्यसो गर्न नसके सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने व्यवसायीको भनाइ छ ।
सरकारले गएको पुस १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो । यसबाट आफूहरु पीडित बन्नुपरेको व्यवसायीको गुनासो छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पटक–पटक भएको तेलको मूल्यवृद्धिबारे छलफल गर्न बिहीबार नै महासंघको पदाधिकारी बैठक बस्ने बताउँछन् । बैठकले कठोर निर्णय गर्ने भन्दै उनले मूल्यवृद्धि फिर्ता लिन वा सार्वजनिक सवारीलाई विशेष सहुलियतको घोषणा गर्न माग गर्नेबारे छलफल हुने बताए ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)