नेपाली   |  English

बलिउडका अभिनेता ऋषि कपुरका भाइ राजिव कपुरको निधन


A A A

‍राजिव कपुरले ‘राम तेरी गंगा मैली’ नामक हिट सिनेमामा अभिनय गरेका छन्।

नयाँदिल्ली – बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ। मंगलबार हृदयघात भएपछि ५८ वर्षीय कपुरको निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनी कलाकार तथा निर्माता राज कपुरका कान्छो छोरा हुन्।

उनी ऋषि कपुर र रंधिर कपुरका भाइ हुन्।

ऋषि कपुरकी श्रीमती तथा अभिनेत्री नितु कपुरले इन्स्टाग्राममा फोटो राखेर राजिव कपुरको मृत्युको जानकारी गरेकी थिइन्।

‍राजिव कपुरले ‘राम तेरी गंगा मैली’ नामक हिट सिनेमामा अभिनय गरेका छन्।

राजिवले सन् १९८३ मा एक जान है हम सिनेमाबाट बलिउडमा प्रवेश गरेका थिए। उनले सन् १९८४मा आश्वान, १९८५ लभर ब्वोइ, १९८५ मा जबर्दस्तमा अभिनय गरेका छन्।

उनका सिनेमाहरू खासै चर्चित नभएपछि सन् १९८५ को राम तेरी गंगा मैलीले भने चर्चा कमाएको थियो।

गत वर्ष अप्रिलमा उनका दाई ऋषि कपुरको मृत्यु भएको थियो। दुई वर्षदेखि क्यानसरको उपचार गराइरहेका उनको अप्रिल ३० मा मृत्यु भएको थियो। राजिवका दिदी रितु नन्दाको सन् २०२० जनवरीमा मृत्यु भएको थियो।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top