नेपाली   |  English

गोकर्णेश्वर नगर कप बास्केटबल प्रतियोगिता आजदेखी


A A A

उद्घाटन लिम्पिया नेशनल स्कुल–कलेज नयाँबस्तीमा हुने

काठमाडौं – गोकर्णेश्वर नगर कप बास्केटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा हुन लागेको गोकर्णेश्वर नगर छात्र–छात्रा(यू १६) बास्केटबल प्रतियोगिताको उद्घाटन ११ बजे तय गरिएको आयोजकले जनाएको छ । गत आइतबार एक पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी गराएको थियो ।

प्रतियोगिताको उद्घाटन लिम्पिया नेशनल स्कुल–कलेज नयाँबस्तीमा हुनेछ ।

गोकर्णेश्वर नगरपालिका भित्रका विभिन्न क्षेत्रका खेलाडीहरुलाई राष्ट्रिय टिममा कम्पीटिटर बनाउने लक्ष लिएर यस प्रतियोगिता आयोजन गरिएको गोकर्र्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसालले जानकारी दिए ।उनले नगरपालिका भित्रका १६ वर्ष मुनीका खेलाडीलाई लक्षित गरी उनीहरुको प्रतिभा प्रष्पुटन गर्नुका साथै राष्ट्रिय स्तरको खेलमा समेत पु¥याउने उदेश्य रहेको बताए ।

basket ball p

गोकर्णेश्वर नगरपालिका बास्केटबल संयोजक राजेन्द्र लम्सालले प्रतियोगितामा १८ पुरुष र १० महिला टिमको सहभागी रहेको जानकारी दिए । उनका अनुसार प्रतियोगिता ८ दिनसम्म चल्ने छ । यू–१६ अन्र्तगतको खेलमा १ टिममा १२ –१२ जनाको संख्या रहेको संयोजक लम्सालले बताए ।

संयोजक लम्सालले आगामी राष्ट्रिय स्तरमा हुने बास्केटबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाबाट समेत प्रतिनिधित्व गराउने लक्ष सहित यो प्रतियोगिता राखिएको बताए ।

प्रतियोगितामा विजयी टिमलाई ट्रफी,मेडल र प्रमाणपत्र दिईने छ । प्रतियोगिताको उद्घाटन लिम्पिया नेशनल स्कुल–कलेजको खेल मैदानबाट सुरु हुनेछ भने समापन पनि सोही स्थानमै हुने छ । अन्य खेल प्रतियोगिता बौद्ध इन्टरनेशनल कलेज र बौद्ध एकेडेमीमा पनि हुनेछन् ।

लिम्पिया नेशनल स्कुल–कलेजमा हुने खेलका प्रतियोगीहरुलाई खाजाको व्यवस्था लिम्पिया नेशनल स्कुल–कलेजले गर्ने प्रिन्सीपल मदनराज रेग्मीले जानकारी दिए ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top