तस्बिरमा हेर्नुस्, प्रचण्ड– माधब समूहको विरोध र्याली

सभालाई नेकपाका १४ नेता ले सम्बोधन गर्दै
काठमाडौं – प्रचण्ड-नेपाल समूहको विरोध जुलुस सुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्धमा प्रचण्ड–नेपाल समूहले बुधबार विरोधसभा आयोजना गरेको हो।
विभिन्न ठाउँबाट कमान्डर सहितको जुलुस काठमाडौंको भृकुटीमण्डपमा भेला हुने क्रम जारी छ। गत पुस १४ गते पनि सोही ठाउँमा प्रचण्ड–नेपाल समूहले विरोधसभाको आयोजना गरेको थियो। सभालाई नेकपाका १४ नेता ले सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र प्रचण्ड–नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन्।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)