उत्कृष्ट बेली डान्सर नोरा फतेहीको आकर्षक रुप (तस्बिरमा हेरौं)

फ्यान फलोअरहरुको संख्या बढ्दो
एजेन्सी - बलिउड अभिनेत्री तथा नृत्यंगना नोरा फतेही अहिले चर्चामा छिन । मोडलिङ क्षेत्रमा पनि राम्रै स्थान बनाइसकेकी नोरा यतिबेला आकर्षक तस्विरहरुका कारण चर्चामा आएकी हुन ।
सन १९९२ फेब्रुअरी ६ मा क्यानाडाको टोरन्टोमा जन्मिएकी नोरा उत्कृष्ट पोशाक छनौटको मामिलामा अब्बल सावित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।
सामाजिक सञ्जालमा निकै ब्यस्त हुन रुचाउने नोराले आफ्ना तस्विरहरु पोस्ट गर्छिन ।
तिनै तस्विरहरुका कारण पनि उनका फ्यान फलोअरहरुको संख्या बढ्दो छ भने लोकप्रियता पनि उत्तिकै बढिरहेको छ ।
आफ्नो शरीरलाई स्लिम ट्रिम बनाइराख्न कत्ति पनि कन्जुस्याँई नगर्ने नोरा कला र सुन्दरताका हिसाबले भारतीय मनोरञ्जन उद्योगमा अब्बल कलाकारका रुपमा स्थापित भैसकेकी छिन ।
बेली डान्सरका रुपमा पनि निकै चर्चा कमाएकी नोराले बलिउडमा ‘रोअर टाइगरर्स अफ सुन्दरबन’ फिल्मबाट प्रवेश गरेकी हुन ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)