नेपाली   |  English

विदुर नीति अनुसार यस्ता छन् शासकमा हुने पर्ने गुणहरू !


A A A

प्वालभित्र बसिरहने जीवलाई सर्पले जसरी खाइदिन्छ त्यसरी नै पृथ्वीले पनि शत्रुहरूको सामना नगर्ने शासकलाई र परदेश भ्रमण नगर्ने ब्रह्मचारी, सन्यासीलाई पराजयले खाइदिन्छ । यस किसिमका मानिसहरूको पतन यथाशीघ्र हुन्छ।

महाभारतका प्रमुख पात्र विदुरका नीतिहरु नेतृत्व गर्ने जो कोहीका लागि महत्वपूर्ण छन् । धर्म, न्याय, कर्म र निष्ठाले परिपूर्ण भएका विदुरका उपदेशहरूले पथप्रदर्शक भई सदैव लोककल्याणकारी बनेर मानव जीवनलाई सार्थक पार्न उन्मुख भएका छन्। यहाँ राजकीय शासकका कर्म कर्तव्यहरूलाई मात्र सार रूपमा विवेचना गरिएको छ।


१. प्वालभित्र बसिरहने जीवलाई सर्पले जसरी खाइदिन्छ त्यसरी नै पृथ्वीले पनि शत्रुहरूको सामना नगर्ने शासकलाई र परदेश भ्रमण नगर्ने ब्रह्मचारी, सन्यासीलाई पराजयले खाइदिन्छ । यस किसिमका मानिसहरूको पतन यथाशीघ्र हुन्छ।

२.शासक सदैव चनाखो र क्रियाशील रहनु उसको विशेष गुण हो । एकदिनको बेहोसी तथा निष्क्रियताले पूरा राज्यसुख गुम्न सक्दछ। राज्यको अखण्डता गुम्छ तसर्थ शासक सदैव क्रियाशील रहनु पर्दछ।

३.राजसभा, भारदारी सभा वा न्यायालयको अपराधी तोकेको मान्छेलाई मात्र दण्ड सजाय गर्ने व्यवस्था गर्नुपर्दछ। शासकले आफ्नै बलले बुद्धिले दण्डित गराउने व्यवस्थाले मानिसहरूमा राजाप्रति नराम्रो भावना विकास हुन्छ। कसैलाई सजाय दिँदा पनि गल्तीको प्रकृति अनुरूप धेरै थोरै तथा क्षमाको उपयोग गर्नुपर्दछ।


४.राज्यका सम्पूर्ण निकायको कर्तव्य र अधिकार बारे शासक बुझेको हुनुपर्दछ। अनि बल्ल शासकले प्रगति गर्न सक्दछन्। शासक फूल फूल्ने फल नलाग्ने वृक्षजस्तो हुनुपर्दछ। फलले लटरम्म भएता पनि कोही पनि रुखमा चढ्न नसकुन्। काँचो फल भए पनि पाकेको फल झैँ गरी आफुलाई प्रस्तुत गर्ने राजा शक्तिमान् हुन्छन्।

५.शासक अथवा शासकलाई राज्यको आयस्रोत, अवस्था, लाभ, हानी, सेवा, परिवेश आदिको यथार्थ थाहा हुँदैन त्यो राज्य संचालनका लागि अयोग्य हुन्छ। राजाले राज्यको लाभ, हानि, स्थिति, कोष, ढुकुटी आदिको यथार्थ जानकारी राख्दै धर्म र अर्थलाई राम्ररी बुझ्न खोज्दछ। उसले राज्य शासन टिकाउँछ। आफ्नो राज्यको स्रोत अवस्था बारे पूर्ण जानकार रहनु राजाको विशिष्ट गुण हो। राज्यको प्रत्येक अङ्गको बारेमा जानकारी राख्ने सामथ्र्य शासकमा रहनुपर्दछ।



0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top