नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या,कारोबार तथ्यांक नै फरक देखियो

लगानीकर्ताहरु अलमलमा
काठमाडौं - नेपाल स्टक एक्स्चेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । साताको तेस्रो कारोबार नेप्सेको वेवसाइट र टिएमएसको वेवसाइटमा कारोबार तथ्यांक नै फरक देखिएको छ ।
कारोबार प्रणालीमा समस्यादेखिए पछि ब्रोकर कम्पनीबाट ‘टिएमएस’ नामक सफ्टवेयर लिएर अनलाइन कारोबार गर्दै आएका लगानीकर्ताहरु अलमलमा परेका छन् ।
अनलाइन कारोबार प्रणालीमा यस अघि पनि समस्या आउने गरेको थियो । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले समस्याका विषयमा बुझ्ने बताए । कुनै त्यस्तो समस्या आउ तत्कालै समाधान गर्न बोर्डले नेप्सेलार्य निर्देशन दिने उनले बताए ।
पहिले पनि यस विषयमा गम्भीर हुन नेप्सेलाई भनिएको भन्दै उनले भने, ‘हामीले अपग्रेड गर्नुपर्ने भए गर्नुपरो भनिसकेका छौँ, अहिले पनि थप बुझेर हामी आवश्यक निर्देशन दिन्छौंँ ।’

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)