नेपाली   |  English

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प


A A A

क्षति भए नभएको यकिन विवरण भने आइसकेको छैन ।

काठमाडौं – आज बिहानै ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो ।

ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए पनि के कति क्षति भए नभएको यकिन विवरण भने आइसकेको छैन ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top