नेपाली   |  English

अभिनेत्री ज्याक्लिनले किनिन् प्रियंका चोपडाको घर


A A A

प्रियंकाको घर भारू ७ करोडमा किनेकी हुन्।

एजेन्सी –बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले प्रियंका चोपडाको घर किनेकी छन्। भारतीय अखबार बलिउड हंगामाका अनुसार ज्याक्लिनले मुम्बईस्थित प्रियंकाको घर भारू ७ करोडमा किनेकी हुन्।

ज्याक्लिन लामो समयदेखि मुम्बईस्थित बान्द्राको एक अपार्टमेन्टमा डेरा गरेर बसेकी थिइन्। उनी दुई वर्ष अघिदेखि नै घरको खोजीमा पनि थिइन्। तर उनले भने जस्तै घर पाएकी थिइनन्। यसपालि भने ज्याक्लिनले प्रियंकाको घर किनेकी हुन्।

जुन घर ज्यक्लिनले अहिले किनेकी छन्, त्यो घरमा सन् २०१८ मा प्रियंका र निक जोनसको विवाह भएको थियो। प्रियंकाको परिवार अमेरिकामै बस्ने भएकाले यो घर खाली थियो।

ज्याक्लिन यतिबेला फिल्म ‘सर्कस’को सुटिङमा व्यस्त छिन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top