नेपाली   |  English

कोरोनाका कारण अमेरिकामा थप एक नेपालीको निधन


A A A

कोरोना संगसगै उनलाई निमोनिया देखिएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

अमेरिका - अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा एक नेपालीको कोरोनाका कारण निधन भएको छ । १५ वर्षदेखि अमेरिकामा रहँदै आएका नोगराज पाठक(दीपक)को कोरोनाका कारण ४९ वर्षको उमेरमा निधन भएको हो ।

उनलाई कोरोना पोजिटिभ भएको पुष्टी भएपछी सास फेर्न कठिन भए पछि लसएन्जल्स स्थित लामिडाराको किन्डरड हस्पिटलमा भर्ना गरिएको थियो । कोरोना संगसगै उनलाई निमोनिया देखिएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

लस एन्जलसको श्री पशुपतिनाथ तथा बुद्ध फाउण्डेशनका वर्तमान वोर्ड सदस्य तथा सस्थापक सदस्य थिए । श्री पशुपतिनाथ फाउन्डेसन, युएसएका अध्यक्ष गोकुल पौड्यालले पाठकको निधनको पुष्टि गर्दै दुःख व्यक्त गरेका छन् ।

सन् २००६ देखि अमेरिका बस्दै आएका पाठक सामाजिक सेवामा सक्रिय व्यक्तित्व थिए । पाठकको निधनबाट लसएन्जल्समा रहेका नेपाली समुदायले अत्यन्त मिलनसार समाजसेवी व्यक्ति गुमाएको भन्दै राजेन्द्र शिवाकोटीले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् ।

उनको परिवारमा श्रीमती, एक २५ बर्षिय छोरा र एक २३ बर्षिय छोरी छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top