नेपाली   |  English

एकसाथ ८ बच्चा जन्माउने आमा


A A A

एकसाथ ८ वटा बच्चा जन्मिएपछि उनका कूल १४ वटा बच्चा भए

एजेन्सी – आमा बन्नु हरेक महिलाका लागि सुखानुभूतिको विषय हो । तथापि अहिलेको जमानामा अधिकांश दम्पतिहरुले बढीमा २ सन्तानसम्म मात्र जन्माउन चाहन्छन् ।

आम महिलाहरुभन्दा नादिया सुलेमान चाहिँ निकै फरक छिन् । किनकी उनले १४ बच्चा जन्माएकी छन् । उनका ती १४ बच्चामध्ये आठ बच्चा त एकसाथ जन्माएकी हुन् । उनले विश्वमै एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् ।

अक्टोममको नामले चिनिने सुलेमानले सन् २००९ मा एकै गर्भबाट ८ बच्चा जन्माएसँगै संसारभर चर्चित भइन् । उनले एकसाथ ८ बच्चा जन्माउनु अगाडि ६ वटा बच्चा पहिले नै जन्माइसकेकी थिइन् । उनी थप एक बच्चा जन्माउन चाहन्थिन् तर एकसाथ ८ वटा बच्चा जन्मिएपछि उनका कूल १४ वटा बच्चा भए । टेष्टट्युब प्रविधिबाट गर्भाधान गरेका कारण उनका एकसाथ ८ बच्चा जन्मिएका थिए ।

एकै गर्भमा धेरै बच्चा जन्माउने कीर्तिमान कायम गरेर सेलिब्रेटी बनेसँगै उनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाइन् । तर धेरै बच्चा भएका कारण उनको जिविका निकै कठीन भयो ।

घर धान्न मुस्किल भएपछि उनले अश्लील फिल्ममा काम गर्न सुरु गरिन् । तर त्यस्तो कामबाट जीवन चलेपनि बच्चाहरुले राम्रो संस्कार सिक्न नसक्ने महसुस भएपछि उनले एडल्ट फिल्मको काम छाडिन् ।

त्यसपछि उनी क्यालिफोर्नियाको अरेन्ज काउन्टीमा रहेको आफ्नो घर फर्किइन् अनि त्यहाँ दुःखमा परेका महिलाहरुलाई परामर्श दिने जागिर पाइन् । अहिले उनले आफ्ना १४ वटै बच्चालाई राम्रोसँग हुर्काउन सकेकी छन् ।

नादियाका एकसाथ जन्मिएका ८ बच्चाले हालै १२ औँ बर्थडे मनाएका छन् । त्यस अवसरमा उनले आफ्ना ती बच्चाको तस्वीर सामाजिक सन्जालमा शेयर गरेकी छन् । विभिन्न जनावहरुको स्वरुपको पहिरनमा सजिएका उनका छोराछोरीहरुका त्यो तस्वीर निकै चर्चित बनेको छ । उनीहरुको नाम नोआ, मालिया, इसाइया, नारिया, जेरेमिया, जोना, जोसिया र मकाई हो । अहिले सुलेमान ४५ वर्षकी भएकी छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top